२१ औँ नववर्ष महोत्सवको तयारी तिब्र, फेवा किनारमा ३ दिन घन्किेनेछन् नौमती बाजा

पाेखरा | चैत १९, २०८२

२१ औँ नववर्ष महोत्सवको तयारी तिब्र, फेवा किनारमा ३ दिन घन्किेनेछन् नौमती बाजा

पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।

 

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तिब्र पारिएको पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
 

पर्यटन, संस्कृति र खानालाई प्राथमिकता दिँदै आयोजना हुने महोत्सवमा संघमा आबद्ध होटलहरुले विशेष छुट दिने संस्थाका अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । 

 

उनका अनुसार सो महोत्सवमा नौमती बाजा प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम, स्थानीय खानाका परिकारको प्रदर्शनी, लोकदोहोरी तथा आधुनिक सांगीतिक प्रस्तुति, पर्यटक दौड प्रतियोगिता लगायत विविध कार्यक्रमहरू समावेश गरिएका छन् ।

उनले पश्चिमा मुलुकमा भएको द्वन्दका कारण यतिबेला पर्यटकको आवागमनमा प्रभाव परेको बताए । 

 

पोखरा रहेका पर्यटकको बसाई लम्बाउका लागि उक्त महोत्सवले थप सघाउ पुग्ने अध्यक्ष सुवेदीको भनाई छ ।

 

३ दिन चल्ने महोत्सव सफल बनाउन २० वटा विभिन्न उपसमिति गठन गरिएको छ ।

 

महोत्सव अवधिमा आन्तरिक तथा बाह्य गरी झण्डै ३ लाख पर्यटकले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

 

महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि रहेको छ भने, सह–प्रायोजन एक्सिट्रिम इनर्जी ड्रिंकसले गरेको छ । यस्तै नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका तथा गण्डकी प्रदेश सरकारको समेत महोत्सवमा सहयोग रहेको छ ।

 

होटल संघ पोखरामा आवद्ध कुल ४ सय २५ वटा होटलमा ४० हजार बेड रहेका छन् भने १५ हजारले रोजकारीको अवसर पाएका छन् ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्